आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै तालिकामा नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई दुई–एक गोल अन्तरले हरायो ।
खेलको पहिलो हाफको अन्तिममा लेंगलेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध सोसिडाडले ६२ औं मिनेटमा जुवानामीले गोल गर्दै खेल बराबरीमा पर्याए ।
तर त्यसको दुई मिनेटमा नै जोर्डी अलावाले फेरि बार्सिलोनालाई अग्रता दिलाए । तर त्यो अग्रता खेलको अन्तिम समयसम्म कायम रह्यो, र बार्सिलोनाले तीन अंक जोड्यो ।
जितपछि बार्सिलोनाको ३३ खेलबाट ७७ अंक भएको छ । त्यसअघि भएको खेलमा एथ्लेटिकोले इबारलाई एक शून्यले हराएको थियो । जसका कारण उसको ३३ खेलबाट ६८ अंक छ ।