‘मह जोडी’ लाई बसुन्धराश्री र मानश्री पुरस्कार

 बैशाख ८, २०७६ आइतबार १२:३३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बसुन्धरामान प्रज्ञा प्रतिष्ठानले वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ लाई बसुन्धराश्री र मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

बसुन्धरामान प्रज्ञा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले ‘मह जोडी’लाई सम्मान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ छ ।

बैठकले नेपाली हास्य व्यङग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयका माध्यमबाट नेपाली कला, रंगमञ्च र हास्य व्यङग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे बापत वरिष्ठ हास्य कलाकार मदनकृष्णश्रेष्ठ लाई बसुन्धराश्री पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।

त्यस्तै नेपाली कला र रंगमञ्चका क्षेत्रमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेका वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई वि.सं २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हाे ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया