श्रीलंका बम विस्फोट अपडेटः एक सय ५ जनाको मृत्यु

 बैशाख ८, २०७६ आइतबार १२:५७:२३ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा एक सय ५ जनाले ज्यान गुमाएका छन् भने झण्डै ३ सय घाइते भएका छन् । घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ । 

कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको हो । 

विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन । इस्टर सन्डे इसाई धर्मावलम्बीहरुको प्रमुख पर्व हो । 
 

अन्तिम अपडेट: भदौ ५, २०७६

तपाईको प्रतिक्रिया