वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरले शीर्ष स्थानको चेन्नेइमाथि एक रनको रोमाञ्चक जित हात निकालेको छ ।
आइतबार राति बेंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६१ रन बनायो । उसका लागि ओपनर पार्थिव पटेलले ५९ रन बनाए भने एवी डिभिलिर्सले २५ तथा मोयन अलीले २६ रनको योगदान गरे ।
जवाफमा चेन्नेइ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ६० रनमा रोकियो । उसका लागि अम्बाती राइडुले २९ तथा कप्तान महेन्द्रसिंह धोनीले ८४ रन बनाए । यस्तै रविन्द्र जडेजाले ११ रनको योगदान गरे ।
चेन्नेइको जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । जसमा धोनीले एक चौका र तीन छक्का प्रहार गर्दै टिम जितको नजिक पुर्याएपछि अन्तिममा एक रनले हार्न पुग्यो ।