पीएसजीले जित्याे फ्रेञ्च लिग वानको उपाधि

 बैशाख ९, २०७६ सोमबार ८:४९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

पेरिस सेन्ट जर्मेनले फ्रेञ्च लिग वानको उपाधि लगातार छैटाै‌ँ पटक जितेकाे छ । आइतबार राति भएको खेलमा मोनाकोलाई ३–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि जितेकाे हाे ।

पीएसजीकाे जित र दोस्रो स्थानको लिली बराबरीमा रोकिएपछि पीएसजीको उपाधि निश्चित भएको हो । चाेटका कारण केही महिना मैदान बाहिर रहेका नेयमारकाे कमब्याक खेलमा पीएसजीकाे जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

१५ औ मिनेटमा पहिलो गोल गरेका उनले ३८ औ मिनेटमा दोस्रो र ५५ औ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । मोनाकोका गोलोभिनले ८० औ मिनेटमा एक गोल फर्काएका थिए ।एम्बाप्पे एकै सिजनमा ३० गोल गर्ने लिग वानको सबैभन्दा कान्छा खेलाडी भएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया