‘सूर्यवंशी’ मा कट्रिना कैफ र अक्षय कुमारको जोडी

 बैशाख ९, २०७६ सोमबार १६:१४:५८ | एजेन्सी
unn.prixa.net

पछिल्लो केही समय यता बलिउड अभिनेता अक्षय कुमार आगामी फिल्म ‘सूर्यवंशी’ का कारण चर्चामा छन् । केही दिन अघि मात्र यस फिल्मको पोस्टर सार्वजनिक भएको थियो । 

पोस्टरमा अक्षय कुमार प्रहरी अधिकारीको भूमिकामा थिए । तर अक्षयका साथ फिल्ममा अभिनेत्री को हुनेछिन् भन्ने कुराको खुलासा भएको थिएन । अब भने दर्शकले फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारको जोडीको रुपमा कट्रिना केफलाई हेर्न पाउनेछन् । 

 

फिल्मका निर्माता करण जोहरले सामाजिक सञ्जालमा कट्रिना केफसँगको तस्बिर शेयर गर्दै यसको जानकारी दिएका छन् । करण जोहरले सार्वजनिक गरेको तस्बिरमा अक्षय कुमार, कट्रिना केफ, रोहित शेट्टी र करण जोहर साथमा छन् । तस्बिरसँगै करण जोहरले लेखेका छन्, ‘सूर्यवंशी गर्ललाई स्वागत छ ।’ फिल्म ‘सूर्यवंशी’ को निर्देशन यस अघिका सुपरहिट फिल्म ‘सिंघम’ र ‘सिम्बा’ निर्देशन गरिसकेका निर्देशक रोहित शेट्टीले गर्नेछन् । 

अभिनेता अक्षय कुमार र कट्रिना कैफले ‘हमको दिवाना कर गए’, ‘सिंह इज किङ्ग’, ‘नमस्ते लण्डन’, ‘तीस मार खान’, ‘वेलकम’ लगायतका फिल्ममा काम गरिसकेका छन् । यसअघि नै दर्शकको मन जितिसकेको अक्षय र कट्रिनाको जोडीलाई फेरि एक साथ हेर्नका लागि उनीहरुका फ्यानहरु निकै उत्साहित छन् ।   

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया