एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियाे १ सय २...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले जित हात पारेको बताउनु भएको छ ।
आफूहरुले धेरै पहिले ‘हामी जित्नेछौँ’ भनेर गीत गाएको स्मरण गर्दै अध्यक्ष ओलीले लामो समयको संघर्ष र आन्दोलनपश्चात नेपाली नागरिकको जित भएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले ठूलो कष्ट, बाधा र व्यवधान व्यहोर्दै नागरिकले जित्ने समय आएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनको सुरुवातमा पुष्पलाल श्रेष्ठका विचारलाई पनि स्वार्थको राजनीतिले हेरेकाले कम्युनिष्ट आन्दोलन कमजोर हुन पुगेको ओलीले बताउनुभयो । त्यसपछि मदन भण्डारीको अगुवाइमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा गन्तव्यमा पुर्याएको ओलीले बताउनुभयो ।
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि नेपाली कम्युनिष्ट आन्दोलन एउटा उचाइमा पुगेको बताउँदै आफूहरु ‘जनताको जनवाद’ तर्फ अगाडि बढेको ओलीले बताउनुभयो ।
सम्झाउँदा, बाध्य पार्दा नेपाली कांगेस एकाध पल्ट मात्रै परिवर्तनको बाटोमा अगाडि आएको अध्यक्ष ओलीले बताउनुभयो । नेपाली कांग्रेसले धेरै पटक प्रतिक्रियावादी शक्तिहरुसँग घाँटी जोडेको ओलीले बताउनुभयो ।
कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर अगाडि हिँडेको देख्दा आफूलाई अचम्म लागेको नेकपा अध्यक्ष ओलीले बताउनुभयो । यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग एकता गर्नुपर्ने ओलीले बताउनुभयो ।
साथै उहाँले देशमा पृथकतावादी आन्दोलन गरेकालाई मूलधारको राजनीतिमा ल्याएको बताउनुभयो । पृथकतावाद समाप्त हुनु देशका लागि खुशीको कुरा भएको बताउनुभयो । केही मान्छे भने पृथकतावादी आन्दोलन सकिएकाले केमा खेल्ने भनेर चिन्ता गरिरहेको आरोप लगाउनुभयो ।