भक्तपुरमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा आगलागी, दुई जना घाइते

 बैशाख ९, २०७६ सोमबार १७:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर-अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–६ पाण्डुबजारमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि आगलागी हुँदा दुई जना घाइते भएका छन् । 

सोमबार अपरान्ह सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ४ प ५७३४ नम्बरको मिनी ट्रक र को २१ प ३९५४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा एक्कासी आगलागी भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक शिशु शर्माले ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा एक्कासी आगलागी हुँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएको बताउनुभयो । घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप उमाकुण्ड गाउँपालिकाका २३ वर्षीय राजु गुरागाई र २६ वर्षीय कुशल गुरागाई रहेका छन् । घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको  छ । 

मोटरसाइकल भने जलेर पूर्ण रुपमा क्षति भएको छ । मोटरसाइकलको आगो जुद्ध वारुण यन्त्र भक्तपुरले नियन्त्रणमा लिएको थियो । प्रहरीले मिनी ट्रकसहित दोलखा मेलुङ्ग घरभई हाल सूर्यविनायक–५, कटुञ्जे बस्ने चालक २५ वर्षीय रामकुमार भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया