इनारमा रिङ हाल्ने क्रममा डुबेर एक युवककाे मृत्यु

 बैशाख ९, २०७६ सोमबार १८:१७:२४ | हेमराज शर्मा

दाङ – इनारमा रिङ हाल्ने क्रममा डुबेर सोमबार एक युवकको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर-१६, सर्राका ठरालु चौधरीको घरमा इनारकाे  रिङ हाल्ने क्रममा सुनसरीको इनरुवा नगरपालिका-५, बलाहा घर भइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर-१६, डेरा गरी बस्ने २० वर्षीय रन्जित मेहेताकाे ज्यान गएको हो ।

इनारमा खसेर पानीमा  घाइते भएका मेहेताको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतकको शव  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया