माैसममा बदली, मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

 बैशाख १०, २०७६ मंगलबार ८:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम बढ्ने र घट्ने बेला विकसित हुने न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पुर्वी तराईमा चट्याङ परिरहेको र असिना पानी पनि पर्न सक्ने  महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । चट्याङका साथै हावाहुरी पनि आउन सक्ने भएकाले सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।

पूर्व र मध्यका केही ठाउँ र पश्चिम पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

काठमाण्डाै उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र दिनभरको अवस्था लगभग यस्तै रहने जनाइएको छ । हल्का पानी पर्ने सम्भावना पनि छ ।

भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यूनचापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया