व्यवसायीको रहस्यमय मृत्युपछि स्थानीय आन्दोलित, राजमार्ग अवरुद्ध

 बैशाख १०, २०७६ मंगलबार १२:५७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – मोरङको पथरी शनिश्चरेमा शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी ब्यवसायी २९ वर्षीया रुपा (रीना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् ।

मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर दाेषी पत्ता लगाउनु पर्ने माग राख्दै पथरीका स्थानीय आन्दाेलित भएका हुन् । दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका स्थानीय सडकमा उत्रिएका हुन् । सडकमा टायर बालेर उनीहरुले नाराबाजी समेत गरेका छन् ।

विरोधका कारण पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ ।  सोमबार उद्योग वाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाएसँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजेकाे उनीहरुकाे आराेप छ । आन्दोलित स्थानीयले महेन्द्र राजमार्ग अन्तर्गत पथरी सडकखण्ड अवरुद्ध गर्दै नाराबाजी गरेका छन् । स्थानीयले इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँको राजीनामा समेत माग गरेका छन् ।

नाराबाजी गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । 

शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीय रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रदर्शनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका हुन् । 

आन्दाेलनरत पक्षले पथरी नगरपालिकाका मेयर र उपमेयरलाई  कार्यालयबाट निकाल्दै आन्दाेनलमा हाेमिन आग्रह गरेका छन् ।  मेयर दीलिप राई र उपमेयर यमुना विष्टले कार्यालय परिसरमै आन्दाेलनलाई सम्बाेधन गरेका छन् ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया