साउदीमा समस्यामा परेकी कमलालाई दूतावासले नेपाल फर्कायो

 बैशाख १०, २०७६ मंगलबार १४:१९:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाली दूतावास साउदीले समस्यामा परेकी एक महिलाको उद्धार गरी नेपाल पठाएको छ ।

९ महिनाअघि जुलाई २०१८ मा घरेलु काममा साउदी गएकी बर्दियाकी कमला सुवेदीलाई उद्धार गरी दूतावासले नेपाल फर्काएको हो । कमलालाई कुवेतमा काम लगाइदिने भन्दै नेपालबाट लगेको भए पनि साउदीमा गैरकानुनी रुपमा राखेर काममा लगाइएको दूतावासले जनाएको छ ।

समस्यामा परेकी कमलाले तोकेअनुसार तलब र सुबिधा नपाएको र घर मालिकले अमानवीय व्यवहार गरेको भन्दै दूतावासमा उद्धारका लागि अनुरोध गर्नुभएको थियो।

सबै कानुनी प्रक्रिया पूरा गरेर मंगलबार कमलालाई नेपाल फर्काइएको छ । उहाँलाई नेपाली प्रवासी समाजले हवाई टिकट उपलब्ध गराएको हो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया