सुटिङमा सुस्मिता नेपालको राष्ट्रिय कीर्तिमान

 बैशाख १०, २०७६ मंगलबार १६:१९:७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुटिङतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

नेपालगञ्ज रङ्गशालाको सुटिङ रेञ्जमा मङ्गलबार सम्पन्न २३ औं महिला तथा २४ औं पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिताका प्रदेश ३ का सुष्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

नेपालले  १० मिटर एयर राइफलमा २४० मा २३३ अंक प्राप्त गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि स्नेहा राणाको नाममा २४० मा २३३ अंकको राष्ट्रिय कीर्तिमान नेपालले तोडेकी हुन् ।

एयर राइफल टिम इभेन्टमा नेपाली प्रहरीका हरि थापा र फुलमाया क्याप्छाकीको जोडीले स्वर्ण, नेपाली सेनाका सुशे चौधरी र मिरा बञ्जाराको टोलीले रजत तथा सेनाकै सुजन रानामगर र कल्पना परियारको जोडीले कास्य पदक जितेको छ ।

टिम इभेन्ट पेस्तोलमा  प्रदेश ५ का बसरुद्धिन अन्सारी र कृष्णा थापाको जोडीले स्वर्ण, गण्डकीका केपी पुन र श्रेया केसीको जोडीले रजत तथा प्रहरीका अनिल ठकुरी र सीमा तुलाधरको जोडीले कास्य पदक जितेको छ ।

एयर राइफल पुरुषमा  प्रदेश ५ का अर्णव घिमिरे स्वर्ण, प्रहरीका हरिबहादुर थापा रजत र नेपाली सेनाका सुशे चौधरीले कास्य पदक प्राप्त गर्नुभएको छ । एयर राइफल महिलामा प्रदेश नम्बर ३ का सुस्मिता नेपालले स्वर्ण,  नेपाली सेनाका कल्पना परियारले रजत र प्रहरीका अस्मिता राईले कास्य पदक प्राप्त गर्नुभएको छ ।

एयर पिस्तोल पुरुषमा गण्डकीका विजय कार्कीले स्वर्ण, प्रहरीका सुकदेश चौधरीले रजत र  सेनाका कुबेर केसीले कास्य पदक प्राप्त गर्नुभएको छ ।  

एयर पिस्तोल महिलातर्फ गण्डकीका श्रेया केसीले स्वर्ण, प्रदेश ५ का कृष्णा थापाले रजत र प्रहरीका सीमा तुलाधरले कास्य पदक प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया