आईपीएल क्रिकेट : हैदराबादलाई हराएपछि बेंग्लोरको आशा कायमै

 जेठ ४, २०७५ शुक्रबार ७:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

ipl bnglore

जेठ ४ – रोयल च्यालेन्जर्स बेंग्लोरले आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो ।

जितसँगै बेंग्लोर १३ खेलबाट १२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हारे पनि हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । 

२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो । हैदराबादका कप्तान केन विलियम्सनले ८१ र मनिष पाण्डेले नटआउट ६२ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । विलियम्सनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे भने मनिषले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै, एलेसक्स हल्सले ३७ रन बनाए ।


पहिले ब्याटिङ गरेको बेग्लोरले एभीडी भिलियर्सको ६९ र मोइन अलीको ६५ रनको मद्दतमा ६ विकट गुमाएर २ सय १८ रन बनाएको थियो । यस्तै, कोलिन डे ग्राण्डोमले १७ बलमा ४० रन बनाए । डी भिलियर्सले ३९ बलमा १२ चौका र १ छक्का प्रहार गरेका थिए भने मोइनले ३४ बलमा २ चौका र ६ छक्का हानेका थिए । 

प्रतियोगितामा आज चेन्नई सुपरकिंग्स र दिल्ली डेयरडेभिल्स खेल्नेछन् । आजको खेलमा दिल्लीबाट नेपालका सन्दीप लामिछानेले पनि खेल्नेछन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया