एसीसी यू १६ : मलेसियाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने

 बैशाख ११, २०७६ बुधबार ९:४१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू १६ इस्टर्न रिजन अन्तर्गत बुधबार नेपाल र मलेसिया खेल्दैछन् । थाइल्याण्डको चियाङ माइ मैदानमा सु्रु भएको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । 

थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालका लागि दोस्रो खेल हो भने मलेसियाका लागि समूहको अन्तिम खेल हो । उसले यसअघिका दुई खेलमा म्यानमार र घरेलु टिम थाइल्याण्डलाई हराएर सेमिफाइनलको यात्रा लगभग बनाइसकेको छ । बुधबार नेपाललाई हराएमा मलेसियाले समूह एको विजेता बन्नेछ । यदि पराजित भएमा पनि उसको समूहको उपविजेता बन्ने मौका हुनेछ ।

मलेसियाले थाइल्याण्डलाई डी एल प्रणाली अनुसार २६ रनले हराएको थियो भने म्यानमारलाई ८ विकेटले पाखा लगाएको छ । समूहमा नेपालले मलेसियापछि अन्तिम खेलमा थाइल्याण्डसँग खेल्नेछ । नेपालले आज हारेमा पनि थाइल्याण्ड विरुद्ध जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।

साविक विजेता समेत रहेको नेपालले यू–१६ मा दोस्रो पटक खेल्न लागेको हो । यसअघि मलेसियामा २०१७ मा भएको प्रतियोगितामा नेपालले घरेलु टिमलाई सेमिफाइनलमा १० विकेटले हराएको थियो । जसमा नेपालको जितमा आशिफ शेख र सन्दीप सुनारले अर्धशतक प्रहार गरेका थिए ।

तर यसपटक मलेसिया केही बलियो टिमका रुपमा देखिएको छ । त्यसैले पनि बुधबारको खेल रोमाञ्चक हुने आशा गरिएको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया