‘गाेली शिशाकाे’ गीत रिमेक हुँदै, नयाँ फिल्म ‘राजासाहेब’ मा समावेश गरिने

 बैशाख ११, २०७६ बुधबार १७:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो समय नेपाली चलचित्रमा पहिलेका चलचित्रका गीत-संगीतलाई रिमेक गरेर राख्ने चलन बढेको छ ।

रिमेक गरिएका कतिपय गीत-संगीतलाई दर्शकले रुचाएका छन् भने कतिपय गीत-संगीत आलोचनाको शिकारसमेत बन्ने गरेका छन् । यसैबीच पुरानाे चलचित्र ‘गाउँले’मा समावेश चर्चित गीत ‘गोली सिसाकाे’ लाई पनि रिमेक गरिने भएको छ ।

उक्त गीतको रिमेक रमित ढुंगानाको मुख्य भुमिका रहने चलचित्र ‘राजा साहेब’मा समावेश गर्न लागिएको छ ।

‘गोली सिसाको’ बोलको पुरानाे गीतमा राजेश हमाल, दिपाश्री निरौला र विपना थापाले नृत्य गरेका छन् । टिका भण्डारीको संगीत रहेको गीतलाई ओम सुनारले रिमेक गर्न लागेका हुन् ।

पुरानो गीतमा उमेश पाण्डे र रमला श्रेष्ठकाे स्वर सुन्न सकिन्छ भने अब बन्ने रिमेक गीतमा भने ओम सुनार र इन्दिरा जोशीले स्वर दिने भएका छन् ।  रिमेक गीतको भिडियोलाई रामजी लामिछानेले करियोग्राफी गर्नेछन् ।  

गीतमा अभिनेता ढुंगानाको साथमा २ नायिकाले नृत्य गर्नेछन् । तर, नायिकाको भने हालसम्म टुंगो लागेको छैन । 

केही समय अघि उक्त चलचित्रमा अभिनेत्री सुपुष्पा भट्टलाई अफर गरिएको थियो । तर,आफ्नो परीक्षाको समय भएको बताउँदै उनले उक्त अफर अस्वीकार गरेकी थिइन् । विचल राईको निर्देशनमा बन्न लागेको ‘राजा साहेब’काे निर्माता सरु राई हुन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया