भीरबाट लडेर आमा र छोराको ज्यान गयो

 बैशाख १२, २०७६ बिहिबार ११:३५:९ | नेत्र शाही
unn.prixa.net

जुम्ला- तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको ज्यान गएको छ । ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको भीरबाट लडेर ज्यान गएको हो ।

वनमा गाई चराउन गएको बेला भीरबाट लडेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार, भीरबाट लड्दा आमा र छोराको घटनास्थलमा नै ज्यान गएको हाे ।

उनीहरुको शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको छ । 

पिठ्युँमा छोरा बोकेर गाई चराउन गएकी आमा लडेपछि छोराको पनि ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया