मल्ल के सुन्दरकाे उपन्यास शंखधर’ सार्वजनिक

 बैशाख १३, २०७६ शुक्रबार १७:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः मा आधारित उपन्यास ‘शंखधर’ सार्वजनिक गरिएको छ । 

नेपाल संवत आन्दोलनका अगुवा मल्ल के सुन्दरद्वारा लिखित त्यस उपन्यासको शुक्रबार संस्कृतिविद् सत्यमोहन जोशीले काठमाण्डौमा एक कार्यक्रमका बीच सार्वजनिक गर्नु भएको हो ।

उपन्यासमाथि प्रकाश पार्दै प्राध्यापक अभि सुवेदीले राष्ट्रिय विभूति शंखधर साख्वाःको ऐतिहासिक व्यक्तित्वलाई उपन्यासमा चित्रण गरिएको स्पष्ट पार्नुभयो । उहाँले उपन्यासमा शंखधर साख्वाःले तत्कालीन अवस्थाका काठमाण्डौका जनताको ऋण तिरिदिएर गर्नु भएको सेवाभावलाई उजागर गरिएको पनि बताउनुभयो ।

राष्ट्रिय विभूति शंखधर साख्वाः तत्कालीन अवस्थामा लासामा सुनको व्यापार गर्नु हुन्थ्यो । त्यस व्यापारबाट आर्जन भएको सम्पत्ति उहाँले काठमाण्डौ उपत्यकाका नागरिकलाई ऋणबाट मुक्त बनाउन खर्च गरिएको ऐतिहासिक तथ्यलाई उपन्यासमा समावेश गरिएको छ ।

उपन्यासमा राष्ट्रिय विभूति शंखधर साख्वाःले आगलागीमा परेका तत्कालीन काठमाडौं उपत्यकाका जनतालाई गर्नु भएको सेवाभावको पनि चर्चा गरिएको छ ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको व्यक्तित्वमाथि प्रकाश पारिएको सो उपन्यासको प्रकाशन राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले प्रकाशन गरेको हो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया