बलिउड नायिका कट्रिनाकाे निर्माता बन्ने चाहना

 बैशाख १४, २०७६ शनिबार १८:३१:५८ | एजेन्सी
unn.prixa.net

अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म 'भारत' मा कट्रिना कैफले प्रमुख भूमिका निभाएकी छिन् । 'भारत' फिल्ममा सलमान खान र कट्रिनाले स्क्रीन शेयर गरेका छन् । 

कट्रिनाले चलचित्रको विषयवस्तु विकासमा पनि आफ्नो निकै रुचि रहेको बताएकी छिन् । यो सँगै उनले आफू निर्माता बन्न चाहेको विचार व्यक्त गरेकी छिन् । ‘फिट अप विद द स्टार्स २’ कार्यक्रममा व्यस्त रहेकी कट्रिनाले फिल्म निर्माणलाई लिएर आफू निकै उत्सुक भएको बताएकी हुन् । 

आफ्नो भविष्यको योजनाको बारेमा प्रश्न गर्दा कट्रिनाले निर्माता बन्न चाहेको आशय व्यक्त गरेकी थिइन् । साथै उनले अनुष्का शर्मा र दीपिका पादुकोणलाई आफ्नै निजी प्रोडक्शन हाउस बनाएकोमा बधाइ पनि दिएकी छिन् । उनले भनेकी छिन्, ‘विषयवस्तु विकासलाई लिएर म उत्साहित छु र म निर्माता बनेर त्यो जिम्मेवारी लिन चाहन्छु ।’

अनुष्का शर्माले आफ्नो प्रोडक्शन हाउसबाट 'एनएस १०' र 'परी' जस्ता चलचित्र निर्माण गरेकी थिइन् भने दीपिका पादुकाेण पनि चलचित्र 'छपाक' लाई सह–निर्माण गर्दैछिन् ।

कट्रिना यतिखेर रोहित शेट्टीको फिल्म 'सूर्यवंशी' लाई लिएर पनि चर्चामा छिन् । यो चलचित्रमा उनको जोडीको रुपमा अक्षय कुमार हुनेछन् । यी दुईले यसअघि 'वेलकम', 'सिं इज किंग', 'नमस्ते लण्डन'  जस्ता हिट चलचित्रमा काम गरिसकेका छन् ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया