घुस रकमसहित वडाध्यक्ष पक्राउ

 बैशाख १६, २०७६ सोमबार १०:३७:३२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँ रहेका छन् । सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई साेमबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया