बारा र पर्सामा हावाहुरी प्रभावितको घर वैशाख २१ देखि निर्माण सुरु गरिने

 बैशाख १६, २०७६ सोमबार १६:६:४५ | जयनारायण यादव
unn.prixa.net

बारा – उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माण कार्यमा कुनै पनि नीतिगत कुराले अवरोध नगर्ने स्पष्ट पार्नु भएको छ ।

हावाहुरी प्रभावित बाराको फेटा गाउँपालिका–६ पुरनियाको स्थलगत निरीक्षण गर्दै रक्षामन्त्री पोखरेलले घर निर्माण सम्बन्धि सम्पुर्ण अधिकार नेपाली सेनालाई दिइ सकिएको जानकारी गराउनु भयो । उहाँले घर निर्माण कार्यको कहीँकतैबाट विरोध हुनुको कुनै तुक नभएको बताउनु भयो । 

घरको पुनर्निर्माण कार्यमा कुनै पनि नीतिगत वा प्रशासनिक समस्या नआउने किसिमले नेपाली सेनालाई अधिकार दिइएको बताउँदै रक्षामन्त्री पोखरेलले ७ सय ५० जना नेपाली सेनाको टोली परिचालन गरी तीन महिना भित्रमा निर्माण कार्य सकिने योजनासहित सेनाले तयारी गरेको जानकारी दिनुभयो । 

प्रधान सेनापति पुर्णचन्द्र थापाले दुईवटा कोठा, एउटा भान्सा र एउटा शौचालय सहितको करिब चौध सय ५३ वटा घर सेनाले तीन महिना भित्रमा निर्माण गर्नेछन् । वैशाख २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण कार्यको शुभारम्भ गर्ने रक्षामन्त्री पोखरेलले जानकारी गराउनुभयो । 

नेपाली सेनाको हेलिकप्टरबाट सोमबार दिउँसो रक्षामन्त्री पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डेलगायतको टोलीले पुरैनियाको स्थलगत निरीक्षण गरेको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया