कर्णाली प्रिमियर लिगः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

 बैशाख १७, २०७६ मंगलबार १८:२३:४२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग अन्तरगत मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मध्यपश्चिम क्रिकेट क्लबलाई १ सय ७ रनले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । जसका लागि राजेश पुलामी मगरले ५७ रन बनाए । उनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । हरिबहादुर चौहानले ५३, बिनोद भण्डारीले २२, रोहित कुमार पौडेलले १९ रन बनाए । 

आर्मीले दिएको १ सय १ सय ७९ रनको लक्ष्य मध्यपश्चिमले १६ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो । यो सँगै मध्यपश्चिम क्रिकेट एकेडेमी प्रतियोगिताबाट बाहिरिएको  छ । 

आज नै भएको पहिलो खेलमा न्यु होराइजन क्रिकेट एकेडेमी बुटवलले हिमालयन क्रिकेट एकेडेमी काठमाण्डाैलाई ५ विकेटले पराजित गरेको थियाे । 
टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले १८ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रन बनाएको थियाे । 

हिमालयनको लागि दिपेन्द्र ऐरीले २५ रन, अर्जुन रायमाझीले  ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले २-२ विकेट लिए । 
बुटवलले यो सँगै अन्तिम चारमा संभावना बलियो बनाएको छ ।

बुधबार हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया