प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कैलाली– घोडाघोडी नगरपालिका-३ को कालिका सामुदायिक वनमा दुई जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार बुधबार साँझ ७ बजेतिर सडेको अवस्थामा ती शव फेला पारिएको हो । फेला परिएको शव घोडाघोडी नगरपालिका-३ का २३ वर्षीय शिवराज चौधरी र जोशीपुर पिपलकोटीकी २५ वर्षीया निर्मला चौधरीको रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले बताउनुभयो ।
शव नजिकै सेल्फास (एक प्रकारकाे विषादी) चक्की फेला परेकाले दुवै जनाले विष सेवन गरेर आत्महत्या गरेको पुष्टि भैसकेको बताउनुभयो । शवलाई पोष्टमर्टमका लागि धनगढी पठाइएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।