कर्णाली प्रिमियर लिगः कर्णाली–११ लाई ३ विकेटले हराउँदै बुटवल फाइनलमा

 बैशाख २०, २०७६ शुक्रबार १५:२५:१२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रिमियर लिग अन्तर्गत न्यू होराइजन बुटवल फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा कर्णाली-११ लाई ३ विकेटले पराजित गर्दै बुटवल फाइनलमा पुगेको हो । वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै ६२ रन बनाएको थियो । कर्णालीका लागि कृष्ण कार्कीले अविजित ३३ रन बनाए पनि अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ बुटवलका लागि शक्ति गौचनले दुई विकेट लिए । त्यस्तै अखिलेश यादव र अर्जुन रायमाझीले समान एक/एक विकेट लिए । 

६३ रनको लक्ष्य पछ्याएको बुटवलले ११ दशमलव ५ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । बुटलवका लागि सुवेन्दु पाण्डेले १८ रन बनाए । त्यस्तै निश्चल चौधरी र विशाल सुनारले समान १०/१० रन बनाए । 

कर्णालीका लागि किशोर महतोले तीन, प्रकाश जैसीले दुई र कृष्ण कार्की तथा दिवान पुनले समान एक/एक विकेट लिए । 

 

अन्तिम अपडेट: चैत १२, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया