पाथीभरा राष्ट्रिय पुरुष भलिबल:आर्मी, पुलिस, एपीएफ र गण्डकी प्रदेश सेमिफाइनलमा

 बैशाख २४, २०७६ मंगलबार २०:३०:५५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

प्रतियोगितामा साविकको विजेता नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन् ।

ताप्लेजुङको साँघुमा रहेकाे नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा पुलिस क्लबले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । पुलिस क्लबले प्रदेश ३ लाई २५–११, २४–२५, २५–१५ र २५–१४ को सेटमा पराजित गर्यो ।

अब पुलिस क्लबले बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशसँग खेल्ने खेल्नेछ ।

दोस्रो क्वाटरफाइनलमा गण्डकीले त्रिभुवन विश्वविद्यालय टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबसँगको भेट पक्का गर्‍याे । गण्डकीले विश्वविद्यालय टिमलाई २५–१६, २५–११ र २५–१७ को सेटमा पराजित गर्यो ।

यस्तै आर्मीले प्रदेश २ लाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।  आर्मीले प्रदेश २ लाई २५–१४,२५–१५ र २५–८ को सेटमा हरायो ।

अब आर्मीले फाइनल प्रवेशको लागि बुधबार एपीएफसँग खेल्नेछ । क्वाटरफाइनलमा एपीएफले प्रदेश १ लाई ३–० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । एपीएफले प्रदेश १ लाई २५–१५,२५–१४ र २५–२० को सेटमा हरायो ।

जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् भने व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया