पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

 बैशाख २६, २०७६ बिहिबार १८:४०:३२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेश्रो संकरणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  

ताप्लेजुङको मैवाखोला गाउँपािलकाकाे साँघुमा बिहीबार भएको खेलमा पुलिस क्लब पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि चुमेको हो । 

बिहीबार भएको खेलमा पुलिस क्लबले आर्मीलाई २५–१७, २५–१३ र २५–१९ को सोझो सेटमा हराउँदै उपाधि पक्का गरेको हो । विजेता पुलिस क्लबले ३ लाख ५१ हजार ५ सय ५ प्राप्त गरेकोछ ।  उपविजेता त्रिभुवन आर्मी क्लबले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ नगद पुरस्कार पाएकाे छ ।

त्यसैगरी सेमिफाइनलमा पुगेका गण्डकी प्रदेश र एपीएफले ५०-५० हजार नगद प्राप्त गरे । 

बेस्ट प्लेयर पुलिसका कुलबहादुर थापले नगद १५ हजार प्राप्त गरेका छन् । त्यस्तै बेष्ट सर्भर पुलिसकै विशाल वि.क., बेष्ट सद पुलिसकै ईमबहादुर रानामगर, बेष्ट ब्लकर पुलिस कै दिपक जोशी, बेष्ट स्पाइकर आर्मीका धनबहादुर भट्ट, बेष्ट डिफेन्डर पुलिसका भीम गहामगर बनेका छन् भने उनीहरुले नगद ७-७ हजार रुपैयाँ प्राप्त गरेका छन् । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया