एक सय किलो गाँजासहित दुई जना पक्राउ

 बैशाख २७, २०७६ शुक्रबार २०:२४:२५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - प्रहरीले सर्लाहीको लालबन्दीबाट एक सय किलो लागुऔषध गाँजासहित दुुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीकाे लालबन्दी नगरपालिका-४ गंगटेका कान्छा योन्जन र पर्साको पर्सागढी गाउँपालिका-९ का प्रगन सहनी रहेका छन् । उनीहरु दुवै जनालाई बिहीबार राति कान्छा योन्जनको घरमा बेच्नका लागि गाँजा तयारी गरिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले पक्राउ गरेका हो ।

गाँजा तस्करले पछिल्लो समय सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका र सर्लाहीको लालबन्दी नगरपालिकाको भित्रि गाँउका गाँजा खेती गर्ने गरेका छन् । पक्राउ परेका दुवै जना लामो समयदेखि लागुऔषध गाँजाको तस्करीमा संलग्न गहेकाले उनीहरुको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया