पहिरोका कारण पृथ्वी राजमार्ग बन्द

 असार १८, २०७५ सोमबार १३:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – दुई दिनदेखिको अविरल वर्षाका गएको पहिरोका कारण पृथ्वी राजमार्ग र जिल्लाका सबै ग्रामीण सडक बन्द भएका छन् । 

पृथ्वी राजमार्गको बेनघीाट रोराङ गाउँपालिका वडा नम्बर – ८, तिकराङमा रहेको ढुंगाखानीबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 

राजमार्गको बेनीघाट रोराङ, गजुरी, गल्छी गाउँपालिका क्षेत्रको सडकखण्ड प्रभावित भएको हो । 

उत्तरी धादिङको विभिन्न गाउँहरुमा लगिएको सडकहरु अविरल वर्षाको कारण अवरुद्ध भएको छ ।

धादिङबेसी–सल्यानटार सडक र धादिङबेसी–तिप्लिङ सडक वर्षाले यातायात मात्र होइन, पैदल यात्रीलाई समेत समस्या भएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया