भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
धादिङ – दुई दिनदेखिको अविरल वर्षाका गएको पहिरोका कारण पृथ्वी राजमार्ग र जिल्लाका सबै ग्रामीण सडक बन्द भएका छन् ।
पृथ्वी राजमार्गको बेनघीाट रोराङ गाउँपालिका वडा नम्बर – ८, तिकराङमा रहेको ढुंगाखानीबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
राजमार्गको बेनीघाट रोराङ, गजुरी, गल्छी गाउँपालिका क्षेत्रको सडकखण्ड प्रभावित भएको हो ।
उत्तरी धादिङको विभिन्न गाउँहरुमा लगिएको सडकहरु अविरल वर्षाको कारण अवरुद्ध भएको छ ।
धादिङबेसी–सल्यानटार सडक र धादिङबेसी–तिप्लिङ सडक वर्षाले यातायात मात्र होइन, पैदल यात्रीलाई समेत समस्या भएको छ ।