अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
धनुषा - महाेत्तरीकाे बर्दिबासमा ट्रक र टिप्परलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा सिन्धुली तीनपाटन नगरपालिका-२ का टिप्पर चालक २४ वर्षीय दिनेश मानन्धर र सहचालक २४ वर्षीय नवीन मोक्तानकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । चालक र सहचालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरीका अनुसार, पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ४ मा बा ५ ख ४२२२ नम्बरको टिप्परलाई ना ६ ख ३०२० नम्बरको ट्रकले ठक्कर दिएको थियो । पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा टिप्पर बिग्रेपछि रोकेर मर्मत गरिँदै थियाे । टिप्पर बिग्रेर मर्मत गर्दै गरेको अवस्थामा ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।
दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा टिप्परमै सवार सिन्धुली तीनपाटन नगरपालिका २ का यात्री ३५ वर्षका रमेश मानन्धर र मोरङ विराटनगर नगरपालिका १२ का ४२ वर्षीय ट्रक चालक नवराज राउत छन् ।
गम्भीर घाइते भएका राउतलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।
मृतक दुवैजनाको शवलाई पोष्टमर्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।