दोलखा-काँकडभिट्टा बस सेवा सञ्चालनमा

 जेठ १, २०७६ बुधबार १८:७:५५ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाबाट काँकडभिट्टासम्म बस सेवा सञ्चालनमा आएको छ । रोल्वालिङ यातायातले बुधबारदेखि सदरमुकाम चरिकोटबाट काँकडभिट्टासम्म बस सेवा सञ्चालनमा ल्याएको हो । 

बस सेवा सुरु गरेका बस चालक मञ्जिल खड्कालाई रोल्वालिङ यातयातका अध्यक्ष बालकृष्ण आचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक चन्द्रमान तामाङले बिदाइ गर्नुभयो । 

चरिकोटबाट काँकडभिट्टा सम्म तत्कालका लागि १ हजार १ सय रुपैयाँ भाडा तोकिएको छ । काँकडभिट्टाका लागि चरिकोटबाट दैनिक २ बजे र काँकडभिट्टाबाट चरिकोटका लागि दैनिक ३ बजे बस छुट्ने छ । 

बुधबार पहिलो बस १८ जना यात्रु बोकेर काँकडभिट्टाका लागि छुटेको छ । यसअघि रोल्वालीङ यातयातले चरिकोटबाट सिन्धुली हुँदै बर्दिबाससम्म यातयात सेवा सञ्चालन गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया