ट्रक दुर्घटनामा सहचालककाे ज्यान गयाे

 जेठ १, २०७६ बुधबार १९:४०:११ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाममा ट्रक दुर्घटना हुँदा सहचालककाे ज्यान गएकाे छ ।

बुधबार बेलुका ४ बजेतिर पञ्चदेवल नगरपालिका-४, बेल्खेतमा रहेकाे चेक पोष्टमा प्रवेशका लागि दर्ता गराउन ओर्लने क्रममा टायरमा फसेपछि उनकाे सहचालकको ज्यान गएको बताइएकाे छ ।

विनायकबाट दैलेखतर्फ जाँदै गरेको ना ५ ख ११४४ नम्वरको ट्रकले किचेर गम्भीर घाइते भएका कपिलवस्तु घर भएका करिब १८ वर्षका बिष्णु  नाम गरेका सहचालकलाई उपचारका लागि दैलेखको राकम पुर्‍याउनेबित्तिकै ४ बजेर ४० मिनेटमा मृत्यु भएको अस्थाइ प्रहरी पोष्ट बेल्खेतका प्रहरी हवल्दार रमेश नाथले जानकारी दिनुभयो ।

ट्रक र चालक रामनाथ थारुलाई अस्थाइ प्रहरी पोष्ट बेल्खेतले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिनुभयो । मृतकको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया