सुत्केरीकाे ज्यान जोगाउन हेलिकोप्टरमार्फत उद्धार

 जेठ २, २०७६ बिहिबार १८:२७:२६ | राजु लामिछाने
unn.prixa.net

रुकुम - तीन दिनदेखि सुत्केरी बेथा लागेकी रुकुमपूर्वकी एक किशोरीलाई हेलिकप्टर मार्फत नेपालगञ्ज पठाइएको छ । 

पुथाउत्तरगंगा गाउँपालिका-८, चारगाउँकी २० वर्षीया मिलना मल्ललाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मिलनालाई सुत्केरी बेथा लागेपछि बुधबार स्वास्थ्यचौकी जाङमा भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीले आमा र बच्चाको ज्यान जोगाउन अप्रेशन गर्नुपर्ने बताएपछि उनलाई बचाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको मिलनाका श्रीमान बिमल मल्लले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहले दुई दिनदेखि सुत्केरी बेथाले थलिएको खबर पाएलगत्तै गृह मन्त्रालयसँग समन्वय गरेर हेलिकप्टर झिकाएर भेरी अञ्चल अस्पताल नेपालगञ्ज पठाइएको बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया