मनकारी वली: अग्निपीडितलाई दिए एक लाख रुपैयाँ सहयोग

 जेठ ४, २०७६ शनिबार १२:२४:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - घोराही उपमहानगरपालिका-१, सिरुखर्क र तल्लोमाले गाउँका अग्निपीडित परिवारलाई एक व्यक्तिले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

घोराही उपमहानगरपालिका-१, सिमलतारा घर भएर हाल घोराही तल्लो ट्राफिकटोल बस्ने सुग्रीव वलीले सिरुखर्क गाउँमा पुगेर शनिबार सहयाेग रकम हस्तान्तरण गर्नुभएको हो ।

आफू पनि छिमेकी गाउँको बासिन्दा भएको र स्थानीयको दु:खमा सहयोगका लागि आफूले सहयोग गरेको भन्दै वलLले सहयोग संकलन कार्यमा पनि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गएकाे वैशाख २४ र २५ गते नजिकैकाे वनमा लागेको डढेलो बस्तीमा सल्किँदा ९ परिवारका २० भन्दा बढी घरगोठ जलेका थिए भने ५२ लाखभन्दा बढिको क्षति भएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया