कलाले सजिएको आर्ट काउन्सिल...

 जेठ ५, २०७६ आइतबार ६:३६:३३ | रासस
unn.prixa.net

काठमाण्डाैको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअर्न्तगत नयाँ विधा परफरमेन्स (भावभङ्गी) कला प्रस्तुत गर्दै कलाकार कोशल हमाल । तस्बिर : रासस

काठमाण्डाै – सधैँ चित्रकलाको प्रदर्शनी, कार्यशाला र छलफल हुने काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्को आँगनीमा शनिबार फरक दृष्य देखियो । गोबर र रातोमाटोको सात थुप्रो देख्दा आगन्तुक चकित परे । के गर्न थालेको होला भनेर उनीहरुले एक आपसमा कानेखुशीसमेत गरे ।

एकै छिनमा अर्धनग्न अवस्थामा आइपुगेका एक युवाले केही समयको ध्यानपछि शरीरभरि सेतो रङ पोतेलगत्तै गोबर र रातमाटो मुछेर शरीरभरि दल्दै लडीबुडी गर्न थाले । झण्डै आधा घण्टाको समय कहिले गोबर र माटो मुछ्ने, कहिले शरीरमा लत्पत्याउने, कहिले हिलोमा सुत्ने, कहिले टाउको टेकेर उभिने त कहिले मुछेको गोबर–माटोमा टाउको डुबाए । 

माटो र गोबरमा लत्पतिएको देख्दा आगन्तुक र  बटुवा चकित भएर एक टकले हेर्थे । योक्रम चल्दै गर्दा आज दिउँसो कला परिषद्मा मानिसको बाक्लै भीड भएको थियो । यसरी कलाको नयाँ विधा ‘परफरमेन्स आर्ट’ प्रस्तुत गर्ने कलाकार थिए, मुगुका कोशल हमाल । जोसुकैले भाँती पु¥याएर प्रस्तुत गर्न नसक्ने यो कला युवा वर्ग बढी अभिरुचि छ । उहाँले भन्नुभयो, “आफ्नो थातथलो मुगुको परिभेष उतार्न खोजेको हो, रातोमाटो गोबर त्यहाँको परिचय हो, यसले मेरो जीवनलाई कसरी प्रभाव पारिरहेको छ, यसमा त्यही छ ।”

“तपाई कहाँबाट आउनुभएको हो ? हामी को हौँ ? हामी कहाँ गइरहेका छौँ, मेरो प्रस्तुतिको मुख्य प्रश्न नै यही हो”, हमालले थप प्रष्ट गरे । हरेकका छुट्टैछुट्टै विशेषता हुने र त्यही परिचयसँग ऊ जिउँछ भन्ने नै उसको सन्देश हो ।” यही कलाका लागि विशेष पुरस्कार पाउनुभएका हमालले काठमाडौँमा जारी नवौँ राष्ट्रिय ललितकला प्रदर्शनीका अवसरमा पफमेन्स कला प्रस्तुत गर्नुभएको हो । एकातर्फ कला प्रदर्शनी जारी छ भने अर्काेतर्फ हरेक दिन जस्तै कुनै न कुनै कार्यक्रम भइरहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले बताउनुभयो । उक्त कार्यक्रमलाई ललितकलाको महोत्सव नै मानिन्छ ।

प्रदर्शनमा राखिएका चित्र सामाजिक सन्देश दिने खालका जीवन शैलीदेखि सांस्कृतिक र पुरातात्विक महत्वका चित्र पनि छन् । चित्रमा प्रायः समाजका हरेक क्षेत्र समेटेको छ । जेठ २ देखि कलापरिषद् चित्रकलाले भरिएको छ । भुँइतलादेखि छतसम्मै कलाकारका चित्र आकर्षक सुन्दर ढङ्गले सजाइएको छ । स्वदेशी विदेशीसमेत चित्रकलाको चाखपूर्वक अवलोकन गरिरहेका छन् । जेठ २ गतेदेखि सुरु भएको प्रदर्शनीमा चित्रकला र मूर्तिकलातर्फ आधुनिक र परम्परागत कला समावेश छ । यस्तै हस्तकला, लोककला, फोटोग्राफी कला, भिडियो कला, इन्स्टलेशन कला, मिथिला, पौवा, थाङ्का, नेवारी, मूर्ति, प्रस्तरकला यहाँ प्रदर्शनीमा छ । 

कलाकारको महोत्सव भनेर चिनिने प्रदर्शनीमा ४५३ कलाकारका ५१५ वटा कला प्रदर्शनीमा छन् । यहाँ सातै प्रदेशका कलालाई स्थान दिइएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो । सोह्र जना वरिष्ठ कलाकारको चित्रकलासमेत सहभागी गरिएको छ । कर्माचार्य भन्नुहुन्छ, “ललितकलाको प्रवद्र्धन, विकास र चेतना अभिवृद्धि गर्न कला प्रदर्शनी उपयोगी हुने भएकाले हामीले निरन्तरतता दिँदै आएका छौँ ।”
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया