प्रियंका कार्की बनिन् 'कान्स फिल्म फेस्टिभल' मा सहभागी हुने पहिलो नेपाली अभिनेत्री

 जेठ ५, २०७६ आइतबार १४:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको 'कान्स फिल्म फेस्टिभल' फ्रान्समा आयोजना भैरहेको छ । गएको मंगलबारदेखि सुरु भएको फिल्म फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् ।

अब नेपालले पनि कान्समा प्रवेश गरेको छ । 'कान्स फिल्म फेस्टिभल' मा २०१९ देखि नेपालले पनि सहभागिता जनाउन पाउने भएको छ । नेपालको तर्फबाट अभिनेत्री प्रियंका कार्की कान्सको पहिलो ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।

नेपालको तर्फबाट कान्समा सहभागिता जनाउने पहिलो अभिनेत्रीको सूचिमा प्रियंकाको नाम दर्ता भएको छ । कान्सको छनौट समितिले प्रियंकालाई गएकाे अप्रिलमै निम्ता पठाएको बताइएको छ ।

अभिनेत्री कार्कीले सामाजिक सञ्जालमार्फत केही दिनअघि मात्रै आफू कान्समा जाने जानकारी दिएकी थिइन् । यतिबेला उनका शुभचिन्तक र आफन्तले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

प्रियंकाले २० मे अर्थात सोमबार रेड कार्पेटमा आफ्नो जादू देखाउने छिन् । कान्समा सहभागी हुन प्रियंका फ्रान्स प्रस्थान गरिसकेकी छिन् । कान्समा बलिउडबाट अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या रायलगायतका अभिनेत्रीहरु सहभागी हुँदै आइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया