बैतडी जीप दुर्घटनाः ज्यान गुमाउने तीन जनाकै परिचय खुल्यो

 जेठ ५, २०७६ आइतबार १८:०:५४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीको नानीगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेको छ ।

आइतबार बिहान साढे ११ बजेतिर बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाण्डौ हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिका-१०, बाराकोटका अन्दाजी ४५ वर्षका हिराबल्लभ भट्ट, त्यसै ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट र अन्दाजी ६० वर्षका लालमणि भट्ट रहेको प्रहरीले जनाएको छ ।

जीपमा देवताल मन्दिरको दर्शनका लागि ६ जना चढेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया