सुनसरीमा भारतीय जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

 असार १९, २०७५ मंगलबार ८:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – कोशी गाउँपालिका–४ को कोशी कटानमा पर्ने पूर्व—पश्चिम राजमार्गमा भारतीय जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमध्ये भारतको विहार राज्यको सुपौल जिल्ला लक्ष्मीणीया बस्ने ४० वर्षका संजीव कुमार र गोनु कुमारको मात्र परिचय खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया