सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

 जेठ ७, २०७६ मंगलबार १७:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली युवा खेलाडी सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

हालै आईपीएल खेलेर भारतबाट फर्किएका सन्दीप आज अष्ट्रेलिया प्रस्थान गरेका हुन् । केही दिन चितवनमा घर परिवारसँग बिताएका सन्दीप अष्ट्रेलियाबाट जुनको दोस्रो साता फर्कने जनाइएको छ ।

नेपाली क्रिकेटको विकासका विषयमा अष्ट्रेलियामा छलफल गर्ने सन्दीपले बताए । नेपालले एकदिवसीय वरीयता पाएपछि पछिल्लो समय नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढेकाले नेपाली क्रिकेटको विकासका लागि अस्ट्रेलियामा केही पहल गर्ने उनको भनाइ थियो ।

अष्ट्रेलियाको बिग ब्याशमा मेलवर्न स्टार्सबाट खेलेका उनले त्यहाँ रहँदा क्लबका पदाधिकारीसँग छलफल गर्ने पनि बताए । उनले नेपालका केही खेलाडीहरुलाई प्रशिक्षणका लागि अष्ट्रेलियामा व्यवस्था गर्ने विषयमा पनि छलफल हुने बताए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया