साउदी अरेबियामा रहेकाे सेनाको हतियार भण्डारण केन्द्रमा ड्रोन आक्रमण

 जेठ ७, २०७६ मंगलबार १८:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

साउदी अरेबियाको सीमावर्ती शहर नजरानमा रहेको सेनाको हतियार भण्डारण केन्द्रमा ड्रोन आक्रमण भएको छ ।

कासिफ–के २ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको यमनका हुथी विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टेलिभिजनले दावी गरेको बीबीसीले जनाएको छ । विस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान विमानस्थललाई लक्षित गरी आक्रमण भएको साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुकी अल–मलेकीको भनाइ छ ।

साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दावी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया