विप्लव समूह र प्रहरीबीच गोली हानाहान, एक जना गम्भीर घाइते

 जेठ ७, २०७६ मंगलबार १९:२८:३६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर  – विप्लव नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हँदा एक जना घाइते भएका छन् ।

भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्ग क्षेत्रको धोत्रेमा भिडन्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवराज वंसीले बताउनुभयो ।

सुराकीको आधारमा खोजी गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी फायरमा एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । 

गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक, काउलेका विप्लव कार्यकर्ता तीर्थराज घिमिरे गम्भीर घाइते भएका छन् । खुट्टामा गोली लागेको उनलाई उपचारका लागि धरान पठाइएको छ ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, एक थान बाइनाकुलर र चार थान डेटोनटर बरामद गरेको इन्सपेक्टर पाण्डव राजवंसीले बताउनुभयो । धोद्रेमा गोली चलेको आवाज सुनेको स्थानीयवासीले पनि बताएका छन् । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया