बर्दिया निकुञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न निस्किएको टोली पोखरा पुग्यो (फोटो फिचर)

 जेठ ७, २०७६ मंगलबार २०:५२:१८ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु पर्यटन प्रवर्द्धनका लागि कार र्‍यालीमा निस्किएका छन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० र देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मूल नारा सहितकाे बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल बनाउन बर्दिया निकुञ्ज आसपास क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु कार र्‍यालीमा निस्किएका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्जसँगै बर्दिया जिल्लाको समग्र पर्यटन विकासमा टेवा पुर्‍याउने र बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल पार्ने उद्देश्यका साथ सप्ताहव्यापी कार र्‍यालीको आयोजना गरिएको पर्या-पर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो । 

उदघाटनपछि र्‍याली आइतबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसर ठाकुरद्वाराबाट पूर्वतर्फ पोखरासम्मका लागि प्रस्थान गरेको हो । 

बर्दिया भ्रमण वर्ष २०७६ का अवसरमा निस्किएको कार र्‍याली १२ वटा पर्यटकीय जंगल सफारी जीपमा ७१ जनाको टोली लिएर बर्दिया, बाँके, दाङ, हुँदै लुम्बिनी, बुटवलदेखि पाल्पा पुगेको छ भने बुधबार बिहान पोखरा पुग्ने जनाइएको छ ।

र्‍यालीमा निस्किएका टोलीले जिल्लाका प्रमुख बजार तथा चोकमा पोस्टर टाँस्दै सबैलाई बर्दिया घुम्न आउन निम्तो समेत दिएका छन् ।  

सोमबार बिहान दाङको घोराहीमा होटल व्यवसायी संघ र बेलुका लुम्बिनीमा होटल व्यवसायीसँग बर्दियाको पर्यटन प्रर्वद्धन विषयमा अन्र्तक्रिया गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो ।  

बर्दियामा पछिल्लो समय बाघको संख्या बढेसंगै बाघ हेर्न बर्दिया आउने पर्यटकको संख्या समेत बढ्दो छ । आन्तरीक तथा बाह्य पर्यटकहरु बाघ हेर्न चितवन पछि बर्दिया आउने परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ, ३७ वटा एक सिँगे गैँडा तथा १ सयभन्दा बढी हात्ती रहेका छन् ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया