जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
दाङ – मोटरसाइकल र पावर टिलर एक आपसमा ठोक्किँदा बुधबार राति दाङमा एक जनाको ज्यान गएको छ ।
घोराही- तुलसीपुर सडक खण्डको घोराही–१६ रावतगाउँ चोक नजिकै लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र ना ५ ख ९८५३ नम्बरको पावर टिलर ठोक्किँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका १४ पहली बस्ने २४ वर्षीया पूजा परियारको ज्यान गएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी परियारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पहलीकै गुमान विक गम्भीर घाइते हुनुभएको छ । उहाँको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो ।
दुर्घटनामा परेको दुवै साधनसहित पावर टिलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।