टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

 जेठ ९, २०७६ बिहिबार ८:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तारकेश्वरमा तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । 

तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगर नजिकै बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो । मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया