भारतीय लोकसभा चुनाव : चुनावी परिणाम नआउँदै मोदीलाई ओलीको बधाई !

 जेठ ९, २०७६ बिहिबार १४:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । 

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

चुनावी मतपरिणामअनुसार बीजेपी एक्लैले पनि भारतमा नयाँ सरकार बनाउने देखिएको छ । साथै उ नेतृत्वको एनडीएको समेत मिलाउँदा झण्डै ३४० सिट पुग्न सक्ने देखिन्छ । तर यो नतिजा अन्तिम भने होइन । मतगणना भैरहेकाले केही सिट उलटफेर भने हुन सक्नेछ । 

प्रधानमन्त्री ओलीद्वारा बधाई !

प्रधानमन्त्री केपी शर्मा ओलीले भने पूर्ण नतिजा नआउँदै भारतीय प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ । बिहीबार उहाँले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको आउँदो कार्यकालको सफलताको कामना गर्दछु ।  तपाईँसँग सहकार्य गरेर अघि बढ्ने आशा राख्दछु ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया