आप्रवासी कामदारकाे परिवारका महिलाको अधिकारका लागि न्यायिक समिति र संघसंस्था मिलेर काम गर्नुपर्नेमा जोड

 जेठ १०, २०७६ शुक्रबार १२:५:२५

सप्तरी – सप्तरीमा भएको कार्यक्रमका सहभागीले आप्रवासी कामदारका परिवाका महिलाको अधिकारका लागि सबै न्यायिक समिति तथा संघसंस्थाहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय निकायका न्यायिक समितिका पदाधिकारीलाई वैदेशिक रोजगारीका बारेमा जानकारी दिन गरिएको कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीका कारण महिलाहरुलाई समस्या परिरहेको भन्दै यस्ता समस्या समाधानमा न्यायिक समिति तथा संघसंस्थाहरुले मिलेर काम गर्नुपर्ने बताएका हुन् । 

सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, राजविराजले सुरक्षित आप्रवासन परियोजना अन्तर्गत वैदेशिक रोजगारको क्रममा घटिरहेका घटना, समस्या तथा चुनौतिको विषयमा न्यायिक समितिका पदाधिकारीलाई जानकारी गराएको हो । 

कार्यक्रमका सहभागीले स्थानीय सरकारले स्वरोजगार बन्ने वातावरण नबनाउँदासम्म वैदेशिक रोजगारीमा जानेको संख्या नघट्ने बताएका छन् । उनीहरुले वैदेशिक रोजगारीले देशको अर्थतन्त्रमा ठूलो योगदान गरे पनि महिला हिंसा, नागरिकता, विवाह दर्ता लगायतमा समस्या भइरहेको बताएका थिए ।

सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्ट, राजविराज नगरपालिकाका उपप्रमुख शाधना झा, कञ्चनरुप नगरपालिकाका उपप्रमुख निरु पोखरेल, राजगढ गाउँपालिकाका उपाध्यक्ष पुष्पमाला कुमार मण्डल, तिलाडी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादव लगायत सहभागी हुनुहुन्थ्यो । 

कार्यक्रम संयोजक रामप्रमेश मण्डलले कार्यक्रमको सहजीकरण गर्दै वैदेशिक रोजगारको वर्तमान अवस्था र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सप्तरीमा आर्थिक वर्ष २०६५÷६६ देखि चालु आबसम्म १ सय ४२ जना युवाले वैदेशिक रोजगारीमा क्रममा ज्यान गुमाएका छन् । 

आयोजक सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले आउँदा दिनमा वैदेशिक रोजगारीका विषयमा सूचना सम्प्रषण, सीप तालिम तथा न्यायमा पहुँच बढाउन स्थानीय सरकारले पनि आफना लक्षित कार्यक्रमबाट वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन काम गर्नुपर्ने बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया