चट्याङ लागेर एक बालिकाको मृत्यु, एक जना घाइते

 जेठ १०, २०७६ शुक्रबार १७:१५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला- हिमा गाउँपालिका-७ तलिकुडुमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।  बिहीबार राति चट्याङ लागेर ११ वर्षीय रुप्सी बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । 

त्यस्तै चट्याङ्ग लागेर ११ वर्षीय बालिका विमला बुढा घाइते भएकी छिन् । शवलाई पोष्ट पार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको छ ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया