अछाममा आगलागीबाट ७ घर जलेर नष्ट

 जेठ ११, २०७६ शनिबार ८:६:० | चन्द्र थापा
unn.prixa.net

अछाम - ढकारी गाउँपालिका वडा नम्बर  ४ बलातामा ७ घर जलेर नष्ट भएका छन् ।  

शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी  बालिएको आगो हावाले उडाएपछि त्यही आगोले घर जलेर  नष्ट भएको वडाध्यक्ष भक्तबहादुर बुढाले बताउनुभयो ।

वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भई ठूलो क्षति भएको स्थानीय पदम बुढाले बताउनुभयो  ।

घरमा आगलागी भएपछि  बाँधिएका  बाख्रा र गाई पनि जलेर मरेका छन ।  घटनाको एकिन विवरण आउन बाँकी छ । अहिले स्थानीय र प्रहरीले उद्वारको काम गरिरहेका छन । शुक्रबार साँझ आएको हावाहुरीसँगै आगलागी भएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया