चितवनमा आफ्नै घरमा एक व्यक्ति मृत भेटिए, हत्याको आशंका

 जेठ १२, २०७६ आइतबार १०:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – कालिका नगरपालिका –१ लंका लाइनमा आफ्नै घरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । चितवन प्रहरीका अनुसार ४७ वर्षीय कुमारसिंह श्रेष्ठ मृत भेटिएका हुन् ।

शनिबार बेलुकी परिवारलाई घर आउन ढिला हुने बताउनुभएका श्रेष्ठ बिहान आफ्नै घरमा मृत भेटिनुभएको हो । श्रेष्ठले लगाएको चार तोलाको सुनको सिक्री र दुई तोलाको  सुनको औंठी हराएकाले कसैले हत्या गरेको प्रहरीको अनुमान छ ।

घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया