विस्फोटमा घाइते हुने ३ जनाकाे परिचय खुल्याे

 जेठ १२, २०७६ आइतबार २०:२४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौका दुई ठाउँमा भएको विस्फोटमा  घाइते हुने  ३ जनाकाे परिचय खुलेकाे छ । 

घाइते हुनेमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका चुनीखेलका ५४ वर्षीय सुरेन्द्र महर्जन, कपनका ४४ वर्षीय हरि खड्का र महोत्तरी रामनगरका ५६ वर्षीय छोटु ठाकुर रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

सुकेधाराको विस्फोटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा  र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।  घट्टेकुलोमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ । 

विस्फोटमा परि विप्लव निकट विद्यार्थी संगठनका नेता रवीन केसी घाइते भएका छन् । 

-यसअघि विस्फाेटमा परि घाइते भएकाे हुनुपर्नेमा मृत्यु भएकाे हुन गएकाेमा क्षमाप्राथी छाैँ - सम्पादक 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Sudarsan mainali

    May 26, 2019, 8:32 p.m.

    घटना गराउनेलाइ छिटोभन्दा छिटो कार्वाही होस!!

  •  0 Reply

तपाईको प्रतिक्रिया